क्वारेन्टाइनमा बसेकी महिलाले जन्माइन शिशु

प्युठानको  एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छिन् ।

मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टाइनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन् । क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो ।

स्वास्थ्य केन्द्रमै  आज बिहान करीब  ८ बजे उनी सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए । आमा र शिशु दुवैको स्वास्थ्यावस्था  सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टाइनमा बसेकी थिइन् । 

प्रकाशित मिति: : 2020-06-23 16:44:08

प्रतिकृया दिनुहोस्