तमोर नदीमा दुई बालक बेपत्ता

तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गामा स्थित तमोर नदीको प्याङ्गे दोभानमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदीमा डुबेर बेपत्ता भएका हुन् ।

आँप खान तमोर नदीकाे किनारमा गएका उनीहरु बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शेषकराम थन्दारले जानकारी दिए । 

बेपत्ता भएकाहरूको खोजी छातेढुङ्गा र चुहानडाडा प्रहरी चौकीबाट खटिएको प्रहरीले गरिरहेको उनले बताए। 

प्रकाशित मिति: : 2020-06-23 14:41:53

प्रतिकृया दिनुहोस्