राष्ट्रियसभाबाट निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउने विधेयक पारित गर्ने कार्यसूचि हटाइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूचि अन्तिम समयमा हटाइएको छ। 

राष्ट्रियसभामा सोमबार पेश भएको यो विधेयक मंगलबार पारित गर्ने तयारी थियो।

तर निजी क्षेत्रलाई समेत अख्तियारको क्षेत्राधिकारभित्र रहने गरी प्रस्ताव गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको प्रमुख प्रतिपक्षी दल कांग्रेस र निजी क्षेत्रले विरोध गरेपछि राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूचि अन्तिम समयमा आएर स्थगित गरिएकाे हाे।

निजी क्षेत्रमा समेत अख्तियार प्रवेश गर्न पाउने गरी सरकारले ल्याएको संशोधन विधेयकलाई अझ प्रष्ट पार्दै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभापति पर्शुराम मेघी गुरुङले सोमबार राष्ट्रियसभामा पेश गरेका थिए।

निजी कम्पनी, बैंक, मेडिकल कलेजलगायतका निकायलाई ‘सार्वजनिक संस्था’को परिभाषाभित्र समेटेर आयोगको क्षेत्राधिकार बढाउन खोजिएको छ।

प्रकाशित मिति: : 2020-06-23 14:02:02

प्रतिकृया दिनुहोस्