अर्थतन्त्र थला परेकाे छ, प्रधानमन्त्री उखानटुक्का र छेडखानीमा व्यस्त छन्: बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा‍ बाबुराम भट्टराईले अर्थतन्त्र थला पर्दा पनि सरकार चुपचाप बसेको भन्दै आपत्ति जनाएका छन्। 

पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ ! प्रधानमन्त्री उखानटुक्का/छेडखानीमा व्यस्त छन्! संकटको निकास खोजौं !’ 

 देश चौतर्फी संकटमा फस्दै गएको उनको भनाइ छ।  ‘अर्थतन्त्र थला पर्दैछ, विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ।’

यस्तै नागरिकता विवाद, एमसीसी र स्कूल कलेज लथालिंग अवस्थामा रहेको भट्टराईले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-06-23 12:49:28

प्रतिकृया दिनुहोस्