भारतसँगको सैन्य झडपमा कमान्डिङ अफिसरसहित दुई सैन्य अधिकारी मारिएको चीनद्वारा स्वीकार

चीन-भारत सीमाको गल्वान उपत्यकामा गत जुन १५ मा भएको शैन्य भिडन्तमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको चीनले स्वीकार गरेको छ।

चीनले मारिनेमा एक कमान्डिङ अफिसर र अर्का बटालियनका अफिसर भएको स्वीकार खुलासा गरेको हो।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भए पनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ।

घटना लगत्तै चिनियाँतर्फ पनि हताहती भएको बताइएको भए पनि कति संख्यामा हताहती भयो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुनसकेको थिएन।

घटनामा आफ्ना सैन्य अधिकारी मारिएको चीनको स्वीकारोक्तिलाई महत्वपूर्ण मानिएको छ। यसलाई सम्भवतः भियतनामसँग सन् १७७९ मा भएको युद्धपछि भएको पहिलो सैन्य हताहती भएको मानिएको छ।

चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन।

जुन १५ भारतीय सेनाले आफ्नो दाबी गरिएको भू-भागमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि दुबैपक्षबीच हिंस्रक झडप भएको थियो। उक्त घटनामा भारतका कमान्डिङ अफिसरसहित २० जनाको ज्यान गएको थियो।

प्रकाशित मिति: : 2020-06-23 10:31:31

प्रतिकृया दिनुहोस्