स्वास्थ्य सामग्री खरिदमा लेखा समितिको प्रारम्भिक छानबिन : नीतिगत निर्णय गर्ने मन्त्री आफैँ सप्लायरसँग वार्तामा किन बसे ? सल्लाहकारले कुन अधिकारले खरिद निर्णयमा हस्ताक्षर गरे ?

सुवास भट्ट/अर्जुन अधिकारी

संघीय संसद्को सार्वजनिक लेखा समितिले कोरोेना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गरेको विवादास्पद खरिदमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । कानुन मिचेर अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको देखिएकोले समितिले थप अध्ययन गर्ने भएको छ । 

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न गत १२ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, त्यसअघि २५ माघमा नै प्रक्रिया सुरु गरिएकोमा ४८ दिनसम्म कुनै निर्णय नगरी अन्तिममा अपारदर्शी रूपमा ओम्नीलाई ठेक्का प्रदान गरिएको थियो । 

प्रकाशित मिति: : 2020-06-23 09:09:53

प्रतिकृया दिनुहोस्