प्रधानमन्त्रीजी, नागरिकता विधेयक बुझाइ पाऊँ!

अमित ढकाल

काठमाडौं

प्रिय प्रधानमन्त्रीजी,

नागरिकता विधेयकको विषय बुझ्न सार्वजनिक रूपमा तपाईंलाई नै नगुहारेको भए हुन्थ्यो। अरू राजनीतिज्ञलाई नसोधेको पनि होइन, तर कसैले बुझाउन सकेनन्।

त्यसमाथि हाम्रा राजनीतिज्ञमध्ये सबभन्दा वाचाल तपाईं नै हुनुहुन्छ। मुलुकको नेतृत्व पनि तपाईंकै हातमा छ। त्यसैले, नागरिकता विधेयकजस्तो महत्वपूर्ण विषयमा बुझाउने जिम्मेवारी पनि तपाईंकै हो भनेर यो लेख लेखेको छु।

बेसारको धारावाहिक प्रवचनबाट छोटो विश्राम लिएर नागरिकता विधेयकबारे हामीलाई बुझाइ दिनुहोस् भन्ने आग्रह छ।

प्रकाशित मिति: : 2020-06-22 23:23:31

प्रतिकृया दिनुहोस्