कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै फ्रान्सको स्वास्थ्य मन्त्रालय रातो रंगले पोतेर विरोध जनाइएकाे छ।
सामाजिक सन्जालमा शेयर गरिएको एक भिडियोमा पीपीई सेट लगाएका र नलगाएका दुई जना व्यक्तिले पेरिसस्थित स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरिरहेकाे देखिन्छ।
उनीहरुले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको रगत देखाउन स्वास्थ्य मन्त्रालयमा रातो रंग स्प्रे गरेर सांकेतिक विरोध गरेकाे बताएका छन्।
????DIRECT - La façade du ministère de la Santé recouverte de faux sang, pour symboliser la mort des soignants et des malades du #Covid19 @InterUrg @attac_fr pic.twitter.com/vzpwo0CM25
— Matthieu Brandely (@m_brandely) June 20, 2020
हाम्रा स्वास्थ्यकर्मीहरुले जीवन रक्षाका लागि भन्दै आएका छन् तर हाम्रो सरकार सुन्दैन । अस्पतालमा सुविधा छैन । स्वास्थ्यकर्मीसँग उपकरणहरु छैन, प्रदर्शनकारीले भनेका छन्।
तर यसअघि नै फ्रान्स सरकारले स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त भत्ता दिने घोषणा गरिसकेकाे छ। तर स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १ लाख ९६ हजार बढी कोरोना संक्रमित छन् भने कोरोना संक्रमणकै कारण २९ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ ।