बेलायतको रिडिङ्गमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा तीनजनाको ज्यान गएको छ। रिडिङ्गको पार्कमा भएको घटनामा अरु केही घाइते भएकg छन्।
आक्रमण किन भएको हो भन्ने खुलेको छैन। स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर घटना भएको हो। कम्तिमा तीनजनाको ज्यान गएको भनिए पनि अहिलेसम्म प्रहरीले भने त्यसको पुष्टि गरेको छैन।
घटनास्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ती व्यक्ति लिबियन नागरिक रहेको अनुमान छ। प्रतिआतंकवादका अधिकारीहरु घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको जनाइएको छ।
पार्कमा रहेका मानिसहरुमाथि ती व्यक्तिले चक्कु प्रहार गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले घटनाको गम्भीर निन्दा गर्दै प्रभावित भएकाहरुप्रति सहानुभूति प्रकट गरेका छन्।