बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली गरेका छन्। झण्डै साढे तीन महिनापछि पहिलो पटक ट्रम्पले ओक्लोहोमाको टल्सामा चुनावी र्याली गरेका हुन्।
कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा रहेको छ। तर आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः उठेका ट्रम्पले मार्च यता पहिलोपटक गरेको र्यालीमा धेरै मानिस सहभागी भएका छन्।
ट्रम्पले आफ्नो चुनावी र्याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहामाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन्।

यसअघि कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्याली रोक्न माग गरी मुद्दा दायर भएको थियो। त्यसमा सुनुवाई गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्याली गर्न अनुमति दिएकाे थियाे।
ब्यांक अफ ओक्लोहामा सेन्टरमा चुनावी सभा भएको छ। त्यहाँको क्षमता १९ हजार मानिस अट्ने रहे पनि त्यो भन्दा धेरै मानिस भेला भएका छन्।
राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्प चुनावी मैदानमा छन्। आगामी नोभेम्बरमा हुने चुनावमा उनले सामना डेमोक्रेटिक पार्टीका नेता जोय बाइडेनसँग हुँदैछ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया