मास्क लगाउने नेपाली स्टाइलः जोगाउला त संक्रमणबाट ?

रातोपाटी

काठमाडौँ

सुवास श्रेष्ठ

साढे दुई महिना लामो ‘लकडाउन’ पछि सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाएको छ । बन्दाबन्दीलाई खुकुलो बनाउनुको अर्थ नेपालमा कोरोनाभाइरसको संक्रमणको जोखिम अन्त्य भयो भन्ने होइन । जनस्वास्थ्यविद्हरु बन्दाबन्दी खुकुलो भएको अवस्थामा जनता झनै सजग हुनुपर्ने र सुरक्षाका उपायहरु गम्भीरतापूर्वक पालना गर्नुपर्ने सुझाव दिन्छन् ।

कोरोनाभाइरस विरुद्धको खोप बनिनसकेको अवस्थामा यसको संक्रमणबाट बच्ने उपाय भनेको सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सरसफाइमा ध्यान दिने नै हो । विज्ञहरु हामीले मास्क लगाउने हो भने संक्रमणको सम्भावना निकै कम हुने बताउँछन् । सरकारले पनि भीडभाड भएको स्थानमा जाँदा मास्क लगाउन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: : 2020-06-18 19:18:05

प्रतिकृया दिनुहोस्