महिलाको आवरणमा 'हिट' भएका पुरुष

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

दर्शकका नजरमा उनी महिला हुन्। उनलाई धेरैले आमाका रूपमा चिन्छन्, फुलन्देकी आमा। वास्तविक जीवनमा उनी पुरुष हुन्।

पर्दाभित्रकी फुलन्देकी आमाको बाहिरी नाम उमेश राई हो।

फुलन्देकी आमा 'मुन्द्रेको कमेडी क्लब' को एक पात्र हो। कार्यक्रममा लिम्बू समुदायको विशेष पहिरनमा सजिने फुलन्देकी आमाले अतिथि र दर्शकसँग गर्ने अनौपचारिक कुराकानी निकै रुचाइएको छ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने 'मुन्द्रेको कमेडी क्लब' मनोरञ्जनात्मक कार्यक्रम हो। जितु नेपाल (मुन्द्रे) को सञ्चालन र दीपाश्री निरौलाको अध्यक्षतामा हुने यो कार्यक्रममा विभिन्न कलाकारहरू अतिथि बनेर आउँछन्। लकडाउनले कार्यक्रम सुटिङ र प्रसारण रोकिएको छ। पुराना श्रृंखला‍ 'आमा अग्नि कुमारी मिडिया' युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रकाशित मिति: : 2020-06-18 08:34:53

प्रतिकृया दिनुहोस्