लकडाउनमा पनि भारतकै अस्पताल धाउनुपर्ने बाध्यता

दाङ–सुत्केरी व्यथाले च्याप्यो । अब कता लैजाने परिवारका सदस्य समस्यामा परे । जनतेन बोकेर भारतको अस्पताल पुर्‍याउन कोसिस गरे । तर, लकडाउनले गर्दा सीमा बन्द छ । देउखुरी पुर्‍याउन खोजौँ बाटो छैन् । बोकेर पुर्‍याउन सक्ने अवस्थै रहेन ।

गाउँका स्वास्थ्य चौकीमा सुत्केरी सेवा छैन । अब के गर्ने भन्दा भन्दै बाटोमै बच्चा जन्मियो । अनि आमा र बच्चालाई घर लगियो । अहिले आमा र बच्चाको स्वास्थ्य ठिक छ । यो घटना हो राजपुर गाउँपालिका वडा नं. ७ सुनपथरी नाकाको ।

‘जेठ ३१ गतेको घटना हो । अस्पताल लैजान खोजियो । बन्दोवस्त गर्दा गर्दै बाटोमै बच्चा जन्मियो । भारतको सिरसिया बजारको अस्पतालमा लैजान खोजेका थियौं’स्थानिय भीमबहादुर केसीले भने–‘सुत्केरी सेवा नाकामा छैन । बच्चा जन्माउन पनि भारतको अस्पताल जानुपर्छ । अहिले लकडाउनले गर्दा सिमानामा कडाई छ ।’

प्रकाशित मिति: : 2020-06-17 15:09:44

प्रतिकृया दिनुहोस्