घर भाडामा सहुलियत दिन टानको आग्रह

 कोरोना महामारीका कारण भएको बन्दाबन्दीले समस्यामा परेका पदयात्रा पर्यटन व्यवसायीहरुका लागि घर,जग्गा बहालमा सहुलियत प्रदान गर्न टे«किङ्ग एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आग्रह गरेको छ । 

टानले एक विज्ञप्ति जारी गर्दै कोविड –१९ का कारण सरकारले चैत्र ११ बाट लागू गरेको बन्दाबन्दीले पदयात्रा व्यवसायी निकै समस्यामा परेको उल्लेख गर्दै  सहुलियत प्रदान गर्न सम्बन्धित धरधनीलाई आग्रह गरेको हो । 

टान अध्यक्ष हरि भुजेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । “बन्दाबन्दी केही खुकुलो भएपनी मोडल परिवर्तन गरी लम्बिन सक्ने पूर्वानुमान छ । यस अवस्थामा केही छिटफुट बाहेक सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प रहेका छन् । पदयात्रा व्यवसाय बन्दाबन्दी भन्दा अगाडिनै गत पुषबाट नै सुस्ताएको हो । आन्तरिक र बाह्य पर्यटनको आवागमबाट मात्र चलायमा हुने यस क्षेत्रलाई अहिलेको अवस्थाले प्रत्यक्षनै सबैभन्दा बढी असर पारेको छ ।” विज्ञप्तिमा बन्दाबन्दी खुले पनि सहज वातावरणको लागि यस क्षेत्रले केही समयको पर्खनु पर्ने औल्याइएको  छ  । 

त्यसैगरी  टानले पदयात्रा पर्यटन व्यवसायलाई पुनर्जीवन दिन तीनै तहका सरकारलाई विभिन्न सुझाव दिएको स्मरण गराउँदै पदयात्रा पर्यटन व्यवसायी पलायन भएमा समग्र पर्यटन क्षेत्रमा   नकरात्मक प्रभाव पर्ने तर्फ समेत ध्यानाकर्षण गराएको छ । 

पर्यटन क्षेत्रमा आफ्नो स्थिर सम्पत्ती भाडामा लगाउने घरधनीहरुले व्यवसायीको मर्का बुझेर व्यवसायलाई निरन्तरता दिईरहने वातावरणका लागि दुबै पक्ष बीच सौहार्द र समझदारी व्यवहारको अपेक्षा गरिएको छ । 

विगतमा भूकम्प लगायतका संकटको घडीमा घरधनी र व्यवसायीबीच आपसी समझदारीमा घरभाडामा सहुलियत प्रदान भए झै अहिलेको अवस्थामा पनि सो विषयमा ध्यान दिएर व्यवसायीलाइ पलायन हुनबाट जोगाउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2020-06-17 08:02:28

प्रतिकृया दिनुहोस्