सोमबार, १५ डिसेम्बर २०२५

संघको उपेक्षा, प्रदेशको बेवास्ता

बाह्रखरी

बाह्रखरी

काठमाडौँ
News Image
• • •

भुपेस उपाध्याय

आर्थिक वर्ष ०७७/८८ मा अघिल्लो वर्षको तुलनामा खेलकुदमा बजेट केही धेरै होला भन्ने अपेक्षा खेल, खेलाडी र खेल संस्थाहरूले गरेका थिए । तर, यो वर्ष खेलकुदमा सोचेअनुरूप बजेट आउन सकेन । सरकारले युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ३६ करोड विनियोजन गरेको गर्यो । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खेलकुद क्षेत्रको विकासका तथा विस्तारका लागि यही बजेट विनियोजन गरेको बताए ।

तर, गत आर्थिक वर्ष ०७६/७७ भन्दा यो बजेट दोब्बर कम हो । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि युवा तथा खेलकुद क्षेत्रको विकासका लागि तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो । उसो त खेलकुद विज्ञहरूले गत आर्थिक वर्षमा साग खेलकुद भएकाले पनि खेलकुदमा बजेट धेरै भएको बताए पनि यो वर्षको बजेट भने तुलनात्मक रूपमा कम छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!