अंकिता र कृतिले छाडेका ‘प्रेमी’ सुशान्त !

बलिउडका उम्दा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरे। आफ्नो बान्द्रास्थित अपार्टमेन्टमा उनले आइतबार झुन्डिएर आत्महत्या गरेका थिए। उनको शवलाई पोष्टमार्टम गरिएको छ। उनले, आत्महत्या गरेको पुष्टी भएको प्रहरीहरुले जनाएका छन्।

प्रहरी अधिकारीहरुका अनुसार उनी लामो समयदेखि ‘डिप्रेशन’मा थिए। उनको मृत्युर्को कारण पनि सोही भएको दाबी गरिएको छ। 

प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा उनी फाँसीमा झुण्डिँदा घाटी च्यापिएर श्वास रोकिइ मृत्यु भएको देखाएको छ। 

सुशान्तको निधनसँगै यतिबेला उनको जिन्दगीका विभिन्न पाटाहरु सार्वजनिक भैरहेका छन्। जसमा उनी विहेको तयारीमा रहेको जानकारी प्राप्त भएको छ। नोभेम्वरमा विहे गर्नेगरी उनको परिवारले तयारी गरिरहेको थियो। तर, उनले ५ महिना अघि नै संसारलाई अलविदा भने।

सुशान्तका काका पन्ना सिंहले भने,‘उनले बिवाह गर्दै थिए। घरमा बिवाहको तयारी पनि सुरु भएको थियो।’

सुशान्तको जन्म बिहारमा भएको हुनाले धेरै नजिकका साथीहरू बिवाहमा आउन तयार थिए। भाइ पन्ना सिंहका अनुसार घरमा उनको बिवाहलाई लिएर सम्पूर्ण तयारी गरिएको थियो।

तर सुशान्तले बलिउड अभिनेत्री वा अरु कोसँग विवाह गर्दैछन् भन्ने खुलाइएको छैन। तर यो पक्का भयो छ सुशान्त विवाह गर्नका लागि मुडमा थिए।

सुशान्तको मृत्युपश्चात परिवारका सबै सपनाहरु चकनाचूर भएको छ। मुम्बईदेखि बिहार शोकमा डुबेको छ। सबैले उनलाई सम्झिरहेका छन्।

अंकिता र कृतिकाे प्रेममा पागल सुशान्त 

सुशान्त कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए। यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमिका निभाउने कलाकार थिए। यहीँबाट प्रेम सुरु भएको थियो। 

६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो। अनि ब्रेकअप भयो। ३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन्।  सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए। चलचित्रमा काम गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए। 

एक पछि अर्को चलचित्रमा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थि। ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो। यस हालतबाट बाहिर निस्कन उनलाई  लामो समय लागेको थियो। 

अंकिता ब्रेकअप पछि बाहिरी दुनियाँ तथा अभिनय छोडेर एक्ली भएकी थिइन्।

अंकितासँग ब्रेकअप भएपछि सुशान्तको नाम कृति सेननसँग पनि जोडिएको थियो। यतिखेरसम्म सुशान्तको नाम बलिउडमा चलिसकेको थियो। 

भारतीय मिडियाहरुले पनि प्राथमिक्ताका साथ सुशान्त र कृतिको सम्बन्धबारे समाचार प्रकाशित गर्दै आएका थिए।  तर उनीहरुले मिडियाको सामू आएर भने प्रेम सम्बन्धको बारेमा भने कहिल्यै खुलेर बताउन चाहेनन्। यद्यपि उनीहरुले थुप्रैपटक डेट गरेको समाचार भने प्रकाशित नभएको होइन। तर सबै समाचारहरुलाई उनीहरुले नकार्दै आएका थिए। 

तर कृतिसँगको सम्बन्ध पनि टुटेको भने पक्कै हो। सुशान्त र कृतिले चलचित्र ‘राब्ता’मा एकसाथ काम गरेका थिए। 

यही चलचित्रका क्रममा यी दुइबीचको सम्बन्ध गहिरिएको थियो। तर अहिले फेरि सुशान्त र कृति पनि छुट्टिए। यो सम्बन्ध टुट्नु पनि सुशान्तको पुरानै बानीका कारण हो। 

सुशान्तले कृतिलाई समय दिनुको साटो आफ्नो चलचित्रकी सहअभिनेत्रीका साथ समय बिताइरहेका आरोप लागेको थियो।

उनको यही आवश्यकताभन्दा बढी नजिक हुने बानीका कारण उनीसँग काम गरिरहेकी अभिनेत्रीले निर्मातालाई भनेर चलचित्रको छायाँकंन पनि रोकिएका खबरहरु पनि प्रकाशित थिए। 

एक चलचित्र सुशान्तको जोडीको रुपमा अभिनेत्री श्रद्धा कपूरलाई साइन गरिएको थियो।

श्रद्धालाई साइन गरेपछि यो कुरा कृतिलाई चित्त बुझेको थिएन। कृतिले श्रद्धालाई किन साइन गरिएको  भन्दै निर्माता निर्देशकसामु आपत्ति जनाएकी थिइन्। 

सुशान्तका ५० सपना

केही समय अगाडि सामाजिक संजालमा सुशान्तले आफ्ना ५० सपनाहरु सार्वजनिक गरेका थिए। 

सुशान्तले देखेका ५० सपनामा हवाइजहाज उडाउनेदेखि टेनिस खेल्नेसम्मका छन्। उनले ५० सपनाहरु भन्दै हवाइजहाज उडाउन सिक्ने, देब्रे हातले क्रिकेट खेल्ने, च्याम्पियनसँग टेनिस खेल्ने, एक हजार रुख रोप्ने, बेलुकी आफूले अध्ययन गरेको दिल्ली कलेजको होस्टेलमा बिताउने लगायत थिए।

यस्तै, एक सय बच्चाहरुलाई वर्कशपका लागि नासामा पठाउने, किताब लेख्ने, नासाको अर्को वर्कशपमा सहभागी हुने, ६ महिना सिक्स प्याक्स बनाउने, एक हप्ता जंगलमा बिताउने, एलआइजीको घुम्न जाने, घोडा चढ्न सिक्ने, १० वटा नृत्यका स्टेपहरु सिक्ने, निःशुल्क शिक्षाका लागि काम गर्ने सपना पनि उनले देखेका थिए।

सुशान्तले अन्य सपनाहरुमा क्रिया योगा सिक्ने, ज्वालामुखी विस्फोट हुँदै गरेको दृश्य खिच्ने, बच्चाहरुलाई डान्स सिकाउने, आफ्नो ५० वटा गीतको धुनमा गितार बजाउने, च्याम्पियनसँग चेस खेल्ने, सिंगो यूरोप नै रेलबाट यात्रा गर्ने, स्वामी विवेकानन्दको वृत्तचित्र बनाउन लगायतका छन्।

प्रकाशित मिति: : 2020-06-15 14:05:10

प्रतिकृया दिनुहोस्