बेहुला बन्दै थिए सुशान्त, ‘डिप्रेशन’ले बाैलाहा बनायो !

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युका कारण परिवारमा शोकमा छ। उनका बुवा अझै विश्वास गर्दैनन् कि उनको छोरा अब जिवित छैनन्।

सुशान्तको परिवार मुम्बईको कलिना एयरपोर्ट पुगेका छन्। सुशान्तको सोमबार दाहसंस्कार गर्न सकिन्छ।

कोरोना भाइरसको कारण धेरैजना सुशान्तको अन्त्येष्टिमा भाग लिने छैनन्। अभिनेताको बुवा बाहेक केवल केही नजिकका व्यक्तिहरु मात्रै सहभागि हुनेछन्।

सुशान्तले आइतबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनको मृत्युको खबरले सम्पूर्ण बलिउडलाई स्तब्ध बनाएको छ।

सुशान्तको नोभेम्बरमा बिवाह हुँदै थियो। यो कुरा उनकै काकाले खुलासा गरेका हुन्।

सुशान्तका काका पन्ना सिंहले भने,‘उनले बिवाह गर्दै थिए। घरमा बिवाहको तयारी पनि सुरु भएको थियो।’

सुशान्तको जन्म बिहारमा भएको हुनाले धेरै नजिकका साथीहरू बिवाहमा आउन तयार थिए। काका पन्ना सिंहका अनुसार घरमा उनको बिवाहलाई लिएर सम्पूर्ण तयारी गरिएको थियो।

तर सुशान्तले बलिउड अभिनेत्री वा अरु कोसँग विवाह गर्दैछन् भन्ने खुलाइएको छैन। तर यो पक्का भयो छ सुशान्त विवाह गर्नका लागि मुडमा थिए।

सुशान्तको मृत्युपश्चात परिवारका सबै सपनाहरु चकनाचूर भएको छ। मुम्बईदेखि बिहार शोकमा डुबेको छ। सबैले उनलाई सम्झिरहेका छन्।

मुम्बई प्रहरीका अनुसार सुशान्त लामो समयदेखि डिप्रेसनमा थिए। तर उनी के कारण डिप्रेसनमा थिए भन्ने खुलाइएको छैन। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-06-15 06:50:17

प्रतिकृया दिनुहोस्