बिएल संवाददाता
भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गरेका छन् ।
शुक्रबार पत्र लेख्दै उनले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म बस, ट्रकलगायतलाई सञ्चालन गर्नका लागि अवरोध नगर्न आह्वान गरेको हो।
सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्नदिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।
उनले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिएका छन्।
‘अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अव केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो,’ उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उनले आग्रह गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया