जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थायी घर भएका ७२ वर्षीय खगिराम राम्जाली रहेका छन्। कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका उनको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार खानापछि एक्कासि मुटु दुखेपछि राम्जालीलाई उपचारार्थ प्युठान अस्पताल बिजुवारमा पु¥याइएको थियो।
उनी कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ कारागार चलान भएका थिए। उनलाई १५ वर्षको सजाय सुनाइएको थियो। राम्जालीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने सूचना अधिकारी पौडेलले जानकारी दिए।