दीया मास्के भन्छिन्ः जुन काम पहिल्यै जान्नु पर्ने हो, त्यो बल्ल सिक्दैछु

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

लकडाउनका सुरूका दिन धेरैले सामाजिक सञ्जाललाई मन बहलाउने माध्यम बनाए। पुराना फोटो र भिडिओ सेयर गरेर आफ्ना पुराना कामको सम्झना गर्नु महामारीको त्रासबाट एकछिन भए पनि टाढा हुने बहाना बन्यो। कलाकार दीया मास्के पनि यसबाट अलग रहिनन्।

आफूले अभिनय गरेका पुराना चर्चित म्युजिक भिडिओ र फिल्मका 'क्लिप' सामाजिक सञ्जालमा सेयर गर्नु उनको दिनचर्याकै हिस्सा बन्यो। उनी यो समयमा 'सिरानीले भिजायो कि', 'भिज्यो सिरानी रातमा' जस्ता म्युजिक भिडिओ सेयर गर्दै रमाइला प्रतिक्रियाहरूमा रमाइन्।

नृत्यबाट कला क्षेत्रमा प्रवेश गरेकी उनी 'सुनगाभा' फिल्मको 'चर्या नृत्य' सेयर गरेर नोस्टाल्जिक बनिन्। हाल पोखरामा भएकी दीया भन्छिन्, 'महामारीको त्रासबीच मानसिक रूपमा बलियो रहन यस्तै साना कुराले पनि ठूलो अर्थ राख्ने रहेछ।'  

प्रकाशित मिति: : 2020-06-11 07:59:39

प्रतिकृया दिनुहोस्