कोरोनाविरुद्धको अर्को चरण हो लकडाउन खुलाउनु, तर कहिले र कसरी ?

बाह्रखरी

काठमाडौँ

कोभिड–१९ का कारण सामाजिक दुरीकरणको नियम मान्छेले महिनौँ वा वर्षौँसम्म पनि पालन गरिरहनुपर्ने हुन सक्छ तर लकडाउन भनेको अस्थाइ तरिका मात्र हो । किनकी यसवापद् देश र जनताले चुकाउनुपर्ने मूल्य केही महिनामै स्पष्ट भइसकेको छ विशेषगरी गरिब देशहरुमा ।

चीनको वुहान शहरमा जनवरी २३ मा लागू गरिएको लकडाउनपछि विश्वको करिब एक तिहाइ जनसङ्ख्या आफ्नो घरभित्र थुनिएर बस्न बाध्य भयो । यसरी कुनै पनि नीति यति थोरै तयारी र बहसका साथ यस्तो व्यापक रुपमा लागू गरिनु यसअघि कसैले सोच्न पनि सक्दैनथ्यो । समाजलाई पूर्ण रुपमा बन्द गर्नु वास्तवमा सोचविचार गरि लिएको निर्णय पनि थिएन र केबल आपत्कालीन समयमा अपनाइएको हताशापूर्ण उपाय थियो । जसले महामारीको तिव्रता घटाएको पनि हो तर त्यस वापद् विश्वले धेरै ठूलो मूल्य चुकाउनु पर्यो । यसरी थुप्रै देशका सरकारहरु अहिले लकडाउन हटाउने प्रयास गर्दैगर्दा यसका परिणाम र आगामी दिनमा यसबाट हुनसक्ने फाइदाबारे गम्भीर भएर सोचिरहेका छैनन् । 

प्रकाशित मिति: : 2020-06-11 07:42:55

प्रतिकृया दिनुहोस्