बिएल संवाददाता
प्रधानमन्त्री केपी ओली सञ्चार माध्यममाथि फेरि खनिएका छन् । उनले एकथरी सञ्चारमाध्यमको ध्यान नै खोट देखाउनेमा केन्द्रित रहेको आरोप लगाएका हुन् ।
बुधबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन पुगेका ओलीले बैठकमा सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।
सांसदहरुले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका खबरहरु एकपछि अर्को गर्दै सञ्चारमाध्यममा आएको तर प्रधानमन्त्रीले शून्य सहनशिलताको कुरा गर्दा पटक्कै मेल नखाएको प्रसंग उठाएपछि उनी मिडियाविरुद्ध आक्रोशित बनेका हुन् ।
एकथरी मिडियाको धर्म नै राम्रो नदेखाउने भएको निर्णय सुनाउँदे उनले भने, ‘स्वास्थ्य सामग्री किन्दा पनि भ्रष्टाचा भयो । सेनालाई दिँदा पनि भ्रष्टाचार भयो भनेका छन् । एकथरी मिडियाको धर्म नै राम्रो नदेखाउने भन्ने देखियो ।’
आफ्नो सरकारमाथि लागेको भ्रष्टाचार अरोपको बचाउ गर्दै उनले थपे, ‘खरिद नगर्दा पनि भएन । गर्दा बित्तिकै भ्रष्टाचारबाहेक केही नदेख्ने । अनावश्यक रुपमा केहीको इशारामा घुमाउरो पाराले यस्ता विषय उठाइएका छन् ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया