विदेशमा रहेका २५–३० लाख नागरिकलाई एकैपटक ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटका कारण विदेशमा रहेका सबै नागरिकलाई एकैपटक नेपाल ल्याउन सम्भव नभएको बताएका छन्।

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशमा विद्यार्थी समेत गरेर २५–३० लाख मान्छे भएको अनुमान गरेको जानकारी दिए। उनीहरु एकैचोटी फर्किने अवस्था पनि नरहेको बताउँदै उनले अहिले तयारीको स्थिति राम्रो बन्दै गएको उल्लेख गरे। 

लाखौंको संख्यामा रोजगारीमा गएकाहरु फर्किदै गरेकोले हिजोको सामथ्र्यले अबको समस्या समाधान गर्न नसकिने पनि प्रधानमन्त्रीको भनाइ छ।

त्यसका लागि कृषिमा आधुनिकीकरण गरेर यूवाहरुलाई त्यसमा सहभागी गराउनु रहेको बताए। ठूला उद्योगका साथै मझौला र घरेलु उद्योग स्थापनाको काम गर्नुपर्ने आवश्यकता रहेको र सोचेजस्तो छिटो गर्न पनि कठिन रहेको उल्लेख गरे। 

प्रकाशित मिति: : 2020-06-10 12:25:58

प्रतिकृया दिनुहोस्