बाल मस्तिष्कमा कोरोनाको घाउ

देशसञ्चार

काठमाडौँ

रश्‍मी घिमिरे 

विश्वमा फैलिने महामारी, भाइरस तथा अन्य यस्ता जटिल रोगहरुका बारेमा मैले आफ्नो बाल्यकालदेखि नै सुन्दै आएको हुँ। पहिले पहिले टीबी रोग पनि अत्यन्तै जटिल रोग मानिन्थ्यो तर अहिले सामान्य मानिन्छ। शुरुमा एड्स पनि जटिल रोग थियो भने अहिले सामान्य रहेको छ। क्यान्सर जस्तो घातक रोगलाई पनि आजभोलि सामान्य रुपमा लिइन्छ।

इबोला, डेंगु, हैजा, स्वाइन फ्लू जस्ता रोगहरु पनि एक समय ज्यादै भयावह थिए तर आज ती सहज हुँदै गएका छन्। यस्तै बेलामा कोरोना अर्थात् कोभिड–१९ नामबाट एउटा जटिल भाइरस उत्पन्न भएको छ। सन् २०१९को डिसेम्बरमा पहिलो पटक चीनको बुहानमा थाहा भएको कारणले यसको नामै कोभिड–१९ राखिएको छ।

प्रारम्भमा चीनमा मात्र देखापरेको यो भाइरस क्रमशः फैलिँदै १५० भन्दा बढी देशहरुमा फैलिसकेको छ। यस अदृश्य भाइरसलाई महामारीका रुपमा लिइएको छ। व्यक्तिबाट व्यक्तिमा हुँदै समुदायमा समेत फैलन सक्ने भएकोले यो भाइरस आजसम्मकै घातक भाइरसका रुपमा लिइएको छ। मानव समुदायमा अत्यन्तै ठूलो सन्त्रास ब्याप्त भएको छ।

प्रकाशित मिति: : 2020-06-09 20:36:52

प्रतिकृया दिनुहोस्