माओवादी लघुनाटक: देहरादूनदेखि गौरसम्म

देशसञ्चार

काठमाडौँ

डा. प्रेमसिंह बस्न्यात

भारतलाई कम्युनिष्टको त्रास

सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएदेखि नै भारतका कतिपय प्रदेशमा वामपन्थी विद्रोह जारी छ । उग्रवामपन्थी गतिविधि घट्नुको सट्टा बढ्दै छ । हाल पनि पिपुल्स वार ग्रुप (पीडब्लुजी) र माओइस्ट कम्युनिस्ट सेन्टर (एमसीसी) एकीकृत भई निर्माण भएको भाकपा (माओवादी) जस्ता उग्रवादी सङ्गठनले भारतका केही राज्य र धेरै जिल्लामा ठूलै समस्या खडा गरेका छन् । उत्तरपूर्वी राज्यमा पृथकतावादी आन्दोलन धेरै वर्षदेखि जारी छ । भारत स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच रहेको काश्मीर समस्या समाधान हुन सकेको छैन । समयसमयमा भारतका विभिन्न भागमा हुने आतङ्कवादी क्रियाकलापले जटिल समस्या उत्पन्न गरिरहेको छ । धेरैजसो भारतीय प्रधानमन्त्रीले उग्रवाद र आतङ्कवादलाई भारतको सबैभन्दा ठूलो चुनौतीका रूपमा विश्लेषण गर्दै आएका छन् । तर छिमेकीको लागि भने आफ्ना राजनैतिक गोटी बनाइ तिनै कम्युनिष्टलाई प्रयोग गरेका छन् ।

प्रकाशित मिति: : 2020-06-08 19:15:04

प्रतिकृया दिनुहोस्