कोरोना संक्रमित भन्छन्, ‘योग गर्दै तातोपानी पिएर कोरोना जित्यौं’

लोकान्तर

काठमाडौँ
अजय अनुरागी

प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरको कोभिड– १९ विशेष अस्पतालबाट सर्लाही गोडैता नगरपालिकाका १४ जना कोभिड– १९ कोरोना निको भएर घर फर्किए ।

आइसोलेसनमा १४ दिन बसेपछि जेठ २३ गते उनीहरूको तेस्रो स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएका कारण डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. रविरञ्जन प्रधानले बताए । 

‘अहिले तेस्रो रिपोर्ट पनि नेगेटिभ आएका कारण उहाँहरूलाई हामीले डिस्चार्ज गरेका छौं,’ डा. प्रधानले लोकान्तरसँग भने, ‘डिस्चार्ज हुने बिरामीहरूलाई तत्काल हामीले डिस्चार्ज गरे पनि १४ दिनसम्म सामाजिक दुरी कायम गर्दै घरमा नै आइसोलेट भएर बस्न सल्लाह दिएका छौं ।’ कतिपय मानिसमा फेरि पनि संक्रमण दोहोरिने गरेका कारण डिस्चार्ज हुनेहरूलाई उक्त सुझाव दिने गरेको उनले बताए । 

डिस्चार्ज हुने बिरामीहरूलाई डा. प्रधानले अवीरको टीका लगाएर तथा माला लगाएर बिदा गर्ने गरेका छन् । कोरोनाको अहिलेसम्म उपचार नभएका कारण जेजस्तो बिरामीको लक्षण देखिएको छ, सोहीअनुसार उपचार गर्ने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति: : 2020-06-07 20:37:20

प्रतिकृया दिनुहोस्