एनसेल जरिवाना प्रकरण : अनधिकृत ४ अर्बको क्षतिपूर्ति उपभोक्ताले पाउने कि नपाउने?

नेपाल खबर

काठमाडाै‌ं

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले स्वीकृतिविना सञ्चालन गरेका विभिन्न सेवाबाट ४ अर्बभन्दा धेरै रकम उठाएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेपछि ग्राहकले क्षतिपूर्ति पाउनुपर्ने विषय पनि सँगसँगै उठेको छ।

प्राधिकरणको अनुमति नलिई विभिन्न भ्यालु एडेड सर्भिस (भास) र अफरहरु सञ्चालन गरेको पाइएपछि जेठ १२ गते एनसेललाई साढे दश लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गर्दै गत हप्ता बुधबार पत्राचार गरिसकेको छ।

एनसेलले प्राधिकरणको ऐन नियमविपरीत अनधिकृत रुपमा सेवाहरु सञ्चालन गरेको भन्दै उसलाई कारबाही गर्ने हो भने ग्राहकले पनि क्षतिपूर्ति पाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ।

प्रकाशित मिति: : 2020-06-07 17:25:05

प्रतिकृया दिनुहोस्