बिएल संवाददाता
कैलालीको गौरीगङ्गा नगरपालिका–९ ले क्वारेन्टिनमा रहेकालाई मानसिक तनाव हुन नदिन मनोपरामर्श दिन शुरुआत गरेको छ।
क्वारेन्टिनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिकरूपमा तनाव पैदा हुनसक्ने र यसले दीर्घकालीनरूपमा समेत असर पु¥याउने अवस्थालाई ध्यान दिँदै मनोपरामर्शको शुरुआत गरेको।
वडामा रहेका तीनवटै क्वारेन्टिनमा परामर्श दिन शुरु गरेको बताउदैं वडाध्यक्ष अध्यक्ष हरिप्रसाद तिवारीले भने, 'सले गर्दा क्वारेन्टिनमा बस्नुभएकाहरुमा थोरै भए पनि ऊर्जा थपिएको छ।'
स्थानीय युवाहरू क्वारेन्टिन व्यवस्थापनदेखि जोखिम हुन नदिन वडासँगै हातेमाले गरेर गाउँगाउँमा चेतना फैलाउनसमेत लागिरहेको उनको भनाइ छ।
'क्वारेन्टिनस्थलमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ। लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझ आउँछ, लगायतका कुरा सोचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पु¥याउने हेतुले परामर्श दिइएको हो' मनोविर्मशकर्ता सीता भण्डारी भनिन्।
उनले तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारहरू हेर्न र सुन्न बन्द गर्न, शारीरिक व्यायाम तथा ध्यान गर्न, स्वस्थ र सन्तुलित भोजन गर्न, धुमपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाइ तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न आग्रह समेत गरेकी छन्।
नगरपालिकाका हरेक क्वारेन्टिनमा मनोपरामर्श सञ्चालन गरिने गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवाले जानकारी दिए। सङ्कटको घडीमा एकले अर्कालाई मद्दत गर्न समेत आग्रह गरे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया