कृषक निरुत्साहित हुनेगरी खाल्डोमा पुरिँदै तरकारी; यता २ रुपैयाँ भाउ छैन, भारतबाट ८५ टन आयात

लोकान्तर

काठमाडौँ

गगन अर्याल

कोभिड– १९ (कोरोनाभाइरस) को संक्रमण भित्रिन सक्ने भन्दै कास्कीको पोखरा महानगरपालिका– ९ का वडाध्यक्षको सक्रियतामा गत जेठ १३ गते पृथ्वीचोकका हरि गौतमले ल्याएको तरकारी खाल्डोमा पुरियो । 

चितवनबाट ल्याइएको १ सय ५० क्यारेट गोलभेँडा र ६० बोरा अन्य तरकारी प्रहरी र स्थानीयले स्काभेटर प्रयोग गरेर खाल्डोमा पुरेका थिए । 

तरकारी खाल्डोमा पुरेपछि त्यसको चौतर्फी विरोध भयो । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल स्वयंले कारोना संकटको समयमा यस्ता हर्कतले अझ धेरै क्षति पुगेको बताउँदै समामाजिक सञ्जालमा स्टाटस समेत लेखे ।

मन्त्री भुसालले तरकारी फालेको तस्वीर शेयर गर्दै लेखेका थिए, ‘अहिलेको संकटमा हामी सबैले केही न केही हानी बेहोर्नै पर्छ, तर हाम्रा यस्ता दुर्बुद्धिका कारण अझ ठूलो क्षति भएको छ । यस्ता हर्कत हुँदैनथे भने तरकारी, मासु र दूध उत्पादक किसानले यति बिघ्न दुःख पाउँदैनथे ।’

प्रकाशित मिति: : 2020-06-05 20:59:07

प्रतिकृया दिनुहोस्