बिएल संवाददाता
चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएका १० मध्ये ३ जनाको नाम सिफारिस भएको छ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संकृतीकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो। बोर्ड अध्यक्षका लागि अन्य १० जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए।
१० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले आवेदकहरूको व्यवसायिक कार्ययोजना र अन्तर्वार्ता लिएको थियो। त्यसपछि समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ।
मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ। अहिलेको विषम परिस्थितीमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ति गर्न आवश्यक छ। यसका लागि मन्त्रालयले आवदेन मागेको थियो।
समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरु नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया