बिएल संवाददाता
वरिष्ठ चिकित्सक गोविन्द केसीले दुई दिने आमरण अनसनको घोषणा गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी केसीले जेठ २० र २१ गते दार्चुला सदरमुकाम खलंगामा अनसन बस्ने घोषणा गरेका हुन्।
उक्त क्षेत्रका नागरिकहरूको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि सत्याग्रह थाल्न लागेको केसीले बताएका छन्।
दुई दिने अनसनमा केसीका प्रमुख तीन बुँदे माग छन्। दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने उनको पहिलो माग छ।
यस्तै, केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गरेका छन्।
त्यस्तै, गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रूत गतिमा अघि बढाउन उनले माग गरेका छन्।
गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न उनले माग गरेका छन्।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया