बाँच्‍नका लागि लकडाउन उल्लंघन गर्नुको विकल्प छैन !

सूर्यप्रसाद अधिकारी

देशभर लकडाउन लागु गरिएको आज ६९ दिन पूरा भएको छ । सरकारले कारोना भाइरस नियन्त्रण र यसको जोखिम कम गर्न लकडाउन पटक-पटक थपिरहेको छ । लकडाउन थप्दै र कडा गर्दै गएको भनिए पनि चितवनमा यसको प्रभावकारिता कम हुँदै गएको छ ।

सुरुआती दिनहरुमा नागरिकले लकडाउनको पूर्णपालन गरेपनि पछिल्ला दिनहरुमा यसको उल्लंघन गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।

चितवनका मुख्य सहर नारायणगढसहित अन्य क्षेत्रहरुमा मानिसहरुको चहपहल बढ्दै गएको छ भने  अत्यावश्यक पसलबाहेक अन्य व्यवसाय समेत खुलिरहेको पाइएको  छ । लकडाउन थप्दै गएपछि र सरकारले विकल्पसमेत नदिँदा एकातिर व्यवसायीसँगै नागरिक समेत मारमा पर्दै गएका छन् ।

नारायणगढका एक व्यवसायी विष्णुप्रसाद कंडेल सरकारले लामो समयसम्म लकडाउन गर्दा र सरकारले विकल्प नदिँदा लकडाउन थप्नुको औचित्य नभएको बताउँछन ।

"साढे २ महिना हुन लागिसक्यो, न बैंकको व्याज तिर्न सकिएको छ, नत स्टाफलाई तलब दिन सकिएको छ," उनले भने । अबपनि सरकारले लकडाउन गरे यसको उल्लंघन गर्नेबाहेक विकल्प नभएको उनको भनाई छ । सरकारले कोरोना प्रभावित अन्य राष्ट्रले गरेको अभ्यास अनुसार कोरोना सुरक्षा मापदण्ड अपनाएर व्यवसाय खुलाउनु पर्ने धारणा राखे ।

प्रकाशित मिति: : 2020-05-31 20:42:47

प्रतिकृया दिनुहोस्