सुदूरपश्चिममा कोरोनाबाट पहिलो मृत्यु, थप पाँच जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोनाबाट पहिलो मृत्यु, थप पाँच जनामा संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिममा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ। थप पाँच जनामा संक्रमण पुष्टि भएको छ। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई बर्षिय मृतक बालिका र उनकी २३ वर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो। भारतबाट फर्किएर जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ।

यस्तै  मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।

मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। तिनै जनाको स्वाब धनगढी पठाइएको थिया।

८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए। भारतबाट आएपछि सबैलाई  बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

सुदूरपश्चिममा यसअघि २० जनामा कोरोना पुष्टि भईसकेको छ भने कर्णाली प्रदेशमा सुदूरपश्चिमकै थप दुई जना संक्रमितको उपचार भईरहेको छ।

यस्तै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बलम्बुको कोभिड –१९ अस्पतालमा उपचाररत ३२ बर्षीय पुरुष कोरोनालाई १६औँ दिनमा कोरोना जित्दै हिजो डिस्चार्ज भएका थिए।

सुदूरपश्चिममा सुरुवातका ५ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन्।

प्रकाशित मिति: : 2020-05-31 14:59:06

प्रतिकृया दिनुहोस्