महानगरीय प्रहरी वृत्त कालिमाटी मातहत क्षेत्रमा कार्यरत सबै प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
गत ७ जेठमा कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा एक सइ र एक जवानमा कोरोना संक्रमण देखिएको थियो।
उनीहरुमा संक्रमण पुष्टि भएसँगै वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई सिल गरेर कोरोना भाइरसको संक्रमणको आशंकामा २३१ जनाको चेकजाँच गरिएको थियो।
उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। सबैको रिपोर्ट नेगेटिभ आएसँगै आजैबाट डिउटी सुचारु गरिएको छ।