देशभर कोभिड अस्पतालमा १६२४ बेड, संक्रमित १४ सय नाघे, अब संक्रमितको उपचार घरमै गर्ने सरकारको तयारी

कोभिड–१९ ले गत माघको पहिलो साता नै चेतावनी दिएपछि जेठ मध्यसम्म सवा चार महिनामा सरकारले देशभर जम्मा १६ सय २४ आइसोलेसन बेड बनाएको छ । तर, शनिबारसम्म नेपालमा संक्रमितको संख्या १४ सय एक पुगेको छ । अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको छ । 

संक्रमितमध्ये दुई सय १९ जना निको भएर घर गएका छन् । ‘११ सय ७६ जना संक्रमित अहिले अस्पतालमा छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भन्छन् । कोभिड अस्पतालमा अब चार सय ४८ जना संक्रमित मात्रै भर्ना गर्न सक्ने क्षमता छ । सरकारले केही अस्थायी क्लिनिकमा करिब चार सय संक्रमित राख्न सकिने जनाएको छ । तर, संक्रमणको गति र सरकारको तयारीबीच कतै पनि तालमेल देखिएको छैन । 

प्रकाशित मिति: : 2020-05-31 07:21:02

प्रतिकृया दिनुहोस्