सोमबार, १५ डिसेम्बर २०२५

शंका उब्जियो तब मैले उनलाई छल गरेँ।

News Image
• • •

मिसकल गरीन उनले, मैले उनलाई कल गरेँ
माया प्रीति हुँदै गयो बड़ाई लाने बल गरेँ।

लुट पुटिएको अर्को सँग जब मैले देखे ढाबामा
शंका उब्जियो तब मैले उनलाई छल गरेँ।

रोइ कराइ धेरै गरीन उनले मलाई जब
माया गरी माफी दी मैले सबै समस्या हल गरेँ।

मौका दिए सुध्रीन एकखेपको लागी
मन पापी तै पनि चित्त नबुझ्दा ढलपल गरेँ।

फेरी पनि होलाकी त्यस्तै भन्ने सोची 
सन्देह गरी मैले डरैले धेरै टहल गरेँ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!