जुम्लामा गरिएकाे परीक्षणमा दैलेखका १४ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा दैलेखका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरु सबै नारायण नगरपालिकाका हुन्।

नारायण नगरपालिका वडा नं. २ का वर्ष २१, का पुरुष, वडा नं. ३ का वर्ष ३० का पुरुष वडा नं. ४ का वर्ष २८, २५, र ३५ का पुरुष वडा नं. ६ का वर्ष ४१ का पुरुष, वडा नं ८ का वर्ष २०, २० का पुरुष ,वडा नं ९ का वर्ष २३, ५० का पुरुष वडा नं. १० का वर्ष १७, २२ का पुरुष र वडा नं. ११ का वर्ष २७, १८ का पुरुष गरी १४ जनामा भाइरस संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रयोगशाला प्रमुख विवेक पुनले बिएल नेपाली सेवालाई जानकारी दिए।

पीसीआर परीक्षणका लागि ८ सय ८० स्वाबका सुर्खेत र दैलेखबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो। 

नमुनाहरुको पीसीआर परीक्षण गर्दा शुक्रबार साझ ९ बजे परीक्षणको नजिता आएको डा. पुनले बताए। 

प्रकाशित मिति: : 2020-05-29 22:59:22

प्रतिकृया दिनुहोस्