टोलमा घर बन्दा प्लास्टिक बोकेर माटो लिन जान्थिन्, बनिन् मूर्तिकार

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

लाजिम्पाटस्थित मूर्तिकार विजय महर्जनको ग्यालरीमा एउटा मूर्ति बन्दै थियो- परी। तर यी परी बनाउने कलाकार चिरपरिचित मूर्तिकार विजय होइनन्। उनीकहाँ काम सिक्दै गरेकी २३ वर्षीया सजल सिवाकोटी हुन्। 

आफूलाई व्यवसायिक मूर्तिकार भनेर चिनाउन नचाहने सजल परीका कपाल लहराउँदै थिइन्। जीउलाई आकार दिँदै थिइन्। अनुहारका बान्की मिलाउँदै थिइन्।

एक्कासि भएको कोरोना लकडाउनले परीको रूप पूरा हुन पाएन।

'अहिलेको स्थितिमा ग्यालरी जान सकिनँ। सामान पाउन पनि गाह्रो छ,' सजल आफ्नी परीको 'एनाटोमी' बनाउँदै थिइन्।  

प्रकाशित मिति: : 2020-05-28 08:01:45

प्रतिकृया दिनुहोस्