शनिबादेखि पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ भेरी नदीमा वेपत्ता भएका एकजनाकाे शव भेटिएकाे छ।
प्रहरीका अनुसार भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनारकाे शव बुधबार दिउँसो भेटिएको हो। उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन्।
उनकाे शव भेटिएपनि गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरि नदिमै फेला परेको हो ।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।
भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ। उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ।
याे पनि सोती घटना: भेरी नदीमा हराइरहेका युवकहरुकाे खाेजि गर्न गाेताखाेर टाेली परिचालन