बुधबार दिउँसो दाङमा थप १५ जना र पूर्वी रूकुममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा १६ पुरूष र २ महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबारको रिपोर्टअनुसार दाङको घोराहीमा ७ जना र लमहीमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १८ मा २४, २५, ४० र ४२ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो। त्यस्तै वडा नं. १० का ३४, ४०/४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
लमही नगरपालिका अन्तर्गत वडा नं. १ मा २६ वर्षीय, २ मा १७ र ३० वर्षीय, वडा नं. ४ मा २६ वर्षीय, ५ मा २०/२० र २३ वर्षीय, ६ मा १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ।
दाङमा फेला परेका सबै १५ जना संक्रमित ३/४ दिन अगाडि भारतका विभिन्न स्थानवाट आई क्वारेन्टिनमा बस्दै आएकाहरु हुन्।
यसैगरी पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४ मा १५, १८, २३ वर्षका पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ। प्रतिष्ठानका अनुसार उनीहरू सबै भारतबाट आएका व्यक्ति हुन्।