बिएल संवाददाता
नेपालमा मंगलबार एकै दिन सर्वाधिक ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ३५ जना, भेरी अस्पतालमा ८ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा २ जना, सुर्खेतमा १२ जना र दाङमा गरिएको परीक्षणमा २४ जना संक्रमित थपिएका हुन्।
अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पल्लिो चौबिस घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् ।
उनीहरु मध्ये दुई जना महिला र बाँकी सबै पुरुष छन् । हालसम्म १२४ जना पुरुष र ३१ जना महिला कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका डा. देवकोटाले जानकारी दिए ।
नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया