बिएल संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगले दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको हो।
नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्टा भएको आयोगले जनाएकाे छ।
आयोगले घटनामा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको बताएको छ।
शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ।
मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो। अन्यको खोजीकार्य जारी रहेको छ। घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया