ब्राजिलबाट हुने विदेशीको यात्रामा अमेरिकाले लगायो प्रतिबन्ध

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाले हालै ब्राजिल गएका विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको छ।

दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बन्दै गएको देखिएको छ। सोही कारण संक्रमण फैलिन नदिनका लागि कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले यात्रा प्रतिबन्ध लगाएको हो।

 कम्तिमा पछिल्लो १४ दिनमा ब्राजिल पुगेकाहरु विदेशीलाई अमेरिकाले आफ्नो देश प्रवेशमा रोक लगाउने भएको छ। ब्राजिलमै रहेका वा हालै त्यहाँ गएका अमेरिकीलाई भने यो नियम लागु हुने छैन।

अमेरिका प्रवेशका लागि आवेदन दिनु पूर्व पछिल्लो दुई हप्तामा ब्राजिल गएका वा त्यहाँ रहेका गैर अमेरिकीहरुको यात्रामा प्रतिबन्ध लागेको हो। तर यो प्रतिबन्धले दुई देशबिच हुँदै आएको व्यापारमा भने कुनै असर नगर्ने बताइएको छ। यो प्रतिबन्ध मे २८ देखि लागु हुनेछ।

यो प्रतिबन्ध अमेरिकी नागरिक, उनीहरुका पतिपत्नि, अभिभावक, कानूनी अभिभावक, अमेरिकी नागरिकका सन्तान, स्थायी बसोबास अनुमति प्राप्तहरु तथा उनीहरका २१ वर्षमुनिका सन्तानमा लागु हुने छैन।

विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल अमेरिकापछि  दोस्रो स्थानमा छ। पछिल्ला दिनमा त्यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

अहिलेसम्म ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६३ हजार भन्दा बढी पुगेको छ। यस्तै ज्यान गुमाउनेको संख्या २२ हजार ६६६ रहेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ।

यता अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ९७ हजार ६८६ जनाको ज्यान गएको छ। यस्तै कुल संक्रमितको संख्या अमेरिकामा १६ लाख ४१ हजार भन्दा बढी रहेको छ।

कोरोना भाइरसका नयाँ केसहरु अमेरिका नभित्रिउन भन्नका लागि ब्राजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाउने निर्णय भएको राष्ट्रपति कार्यालयकी प्रवक्ताले बताएकी छन्। उनले  आफूहरुको उद्देश्य थप संक्रमणको स्रोत ब्राजिल नबनोस् भन्ने नै रहेको उल्लेख गरेकी छन्।

अमेरिका प्रवेशका लागि आवेदन दिनु पूर्व पछिल्लो दुई हप्तामा ब्राजिल गएका वा त्यहाँ रहेका गैर अमेरिकीहरुको यात्रामा प्रतिबन्ध लागेको हो। तर यो प्रतिबन्धले दुई देशबिच हुँदै आएको व्यापारमा भने कुनै असर नगर्ने बताइएको छ। यो प्रतिबन्ध मे २८ देखि लागु हुनेछ।

यो प्रतिबन्ध अमेरिकी नागरिक, उनीहरुका पतिपत्नि, अभिभावक, कानूनी अभिभावक, अमेरिकी नागरिकका सन्तान, स्थायी बसोबास अनुमति प्राप्तहरु तथा उनीहरका २१ वर्षमुनिका सन्तानमा लागु हुने छैन।

प्रकाशित मिति: : 2020-05-25 06:32:04

प्रतिकृया दिनुहोस्