भारतले फेरि रोक्यो नेपालबाट निर्यात हुने पाम आयल, बारम्बार किन हुँदैछ अवरोध ?

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

प्रशोधित पाम आयलको निर्यातमा भारतबाट फेरि पनि अवरोध आएको छ । नेपालबाट ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुँदै आएकोमा पछिल्लो समय भारतले एकाएक आयातमा रोक लगाएको हो । गत मे ११ देखिनै भारतले प्रशोधित नेपाली पाम आयलको आयातमा प्रतिबन्द लगाएको छ । नेपालबाट निकासी हुने वस्तुहरु मध्येकै सबैभन्दा ठूलो परिमाणमा पाम आयलको निर्यात हुने गर्छ । नेपालको कुल निर्यातको झण्डै २५ प्रतिशत निर्यात पाम आयल हुँदै आएको छ । 

केही समय अघिबाट मात्र पाम आयलको निर्यात थालेको नेपालले यसबाट ठूलै सफलता हाँसिल गरिरहेको छ । पाम आयलकै कारण पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा(सोधनान्तर) स्थिति समेत सुधारोन्मुख हुँदै गएको छ । तर, भारतको पछिल्लो अवरोधले पुनः नेपालको आयात निर्यातको व्यापारिक सन्तुलनमा धक्का लाग्ने देखिएको छ ।

 

प्रकाशित मिति: : 2020-05-23 17:53:51

प्रतिकृया दिनुहोस्