अन्नपूर्ण पोष्ट
कोरोना फैलिएसँगै देशभर क्वारेन्टाइन बनाउन संघीय सरकारले मापदण्ड बनायो। त्यसअनुसार बनाउने र सुविधा दिनने हो भने क्वारेन्टाइन नै आइसोलेसन अस्पतालभन्दा उच्च स्तरका हुन्छन्। तर, प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन मापदण्डविपरीत छन्। क्वारेन्टाइन नै कोरोना ‘बम’ बन्ने जोखिम बढेको छ।
यसको उदाहरण नरैनापुरको क्वारेन्टाइन हो। नरैनापुर गाउँपालिका– ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा चार दिनमा २३ जनालाई कोरोना संक्रमण भयो। एक जनाले ज्यानै गुमाए। क्वारेन्टाइनमा बसेका ६४ जनामध्ये ६ जनालाई शुक्रबार कोरोना संक्रमण भयो। शनिबार क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब नमुना संकलन भयो।
परीक्षणको रिपोर्ट नआउँदै आइतबार नरैनापुर–५ नयाँ बस्तीका २५ वर्षका युवाको क्वारेन्टाइनमै कोरोनाबाट मृत्यु भयो। उनको मृत्युपछि त्यहाँ बसेकाले विरोध गरे। वडा नम्बर ६ को जय किसन माविको क्वारेन्टाइनमा सारियो। सोमबार त्यही क्वारेन्टाइनमा बसेका थप १७ जनामा कोरोना पुष्टि भयो। उनीहरू रातभर संक्रमण नभएका व्यक्तिसँगै टेन्टमा सुते।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया