काेराेनाकाे उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न ब्राजिली राष्ट्रपतिकाे सुझाव

बिएल संवाददाता

काठमाडाै‌ं

दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन्।

हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसको उपचार गर्ने प्रमाण नभेटिएको र यसबाट मुटुमा समस्या हुनु सक्ने वैज्ञानिकहरुले बताएका छन्। तर बोल्सोनारोले त्यसलाई बेवास्ता गरेर औषधिलाई स्वीकृति दिएका हुन्।

उनले त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो औषधि खाएको र त्यसले कुनै पनि नराम्रो नगरेको कुरा उदाहारणको रुपमा प्रस्तुत गरेका छन्।  तर वैज्ञानिकले प्रमाणित नगरेको तथा स्वास्थ्य विज्ञले चेतावनी दिएको औषधि हाइड्रोक्सिक्लोरोक्वीन भने कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै आएका छन्।

धेरै संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा

संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा पुगेको छ। ब्राजिलमा भन्दन धेरै संक्रमित रुस र अमेरिकामा मात्रै छन्। रुसमा तीन लाख ८ हजार तथा अमेरिकामा १५ लाख ५० हजार भन्दा धेरै संक्रमित रहेका छन्।

ब्राजिलमा बुधबार एकै दिन झण्डै २० हजार नयाँ संक्रमित थपिएका छन्।  ब्रनजिलमा बुधबार १९ हजार ९५१ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या दुई लाख ९१ हजार ५७९ पुगेको छ।

यस्तै बुधबार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८८ रह्यो। योसँगै ब्राजिलमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १८ हजार ८५९ पुगेको छ।

प्रकाशित मिति: : 2020-05-21 07:21:18

प्रतिकृया दिनुहोस्