कोरोनाको चपेटामा सातै प्रदेशः ३८ जिल्लामा संक्रमण फैलिँदा तराई उच्च जोखिममा

पहिलोपोष्ट

काठमाडौँ

विधुर ढकाल

 बुधवार अपराह्नसम्मको तथ्यांकमा नेपालमा ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका जिल्ला ३८ पुगेका छन्। सातै प्रदेशमा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ४५ जना उपचारपछि घर फर्किसकेका छन्। हाल ३६३ जना अस्पतालको आइसोलेसनमा छन्। बाँकी कोही क्वारेन्टाइनमै त कोहीलाई होटलमा आइसोलेसनमा राखिएको छ। त्यस्तै ९४ जना सम्भावित संक्रमितलाई पनि आइसोलेसनमा राखिएको छ। बुधवार पुष्टि भएका २५ जनाको व्यवस्थापनको तयारी भइरहेको छ।

पछिल्लो तथ्यांक अनुसार २१ हजार ६२३ जना क्वारेन्टाइनमा छन्।  हालसम्म नेपालभर ३३ हजार ६ जनाको आरटी पीसीआर पद्धतिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-20 18:40:10

प्रतिकृया दिनुहोस्