सोमबार, १५ डिसेम्बर २०२५

कोभिड-१९ : युवाले गरे राहतकोषमा सहयोग

News Image
• • •

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा रु डेढ लाखभन्दा बढी रकम आर्थिक सहयोग गरेका छन्।

गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, सङ्खुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको सिलसिलामा कोरिया पुगेका युवाले कोरियामा रहेका नेपालीसँग उठाएर राहत कोषमा रु एक लाख ५१ हजार सहयोग गरेको रोजगारीको सिलसिलामा कोरियामा रहेका नारायण अर्यालले जानकारी दिए। 

'कोरियामा रहेका ३८ युवाले राहत कोषका लागि रु दुईदेखि पाँच हजार सङ्कलन गरी कोरोना भाइरसको सङ्क्रमण र रोकथामका लागि सहयोग पुगोस् भनेर राहात रकम सहयोग गरेको हो' उनले भने। 

वडा नं ११ का वडासदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) लाई सम्पर्क गरी आफूहरुले जम्मा गरेको रकम पठाएको उनले बताए। दक्षिण कोरियाबट युवाले पठाएको सो रकम वडासदस्य गोपालले नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरेका थिए।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!