कोभिड–१९ को उपचारमा दुधे–झारको सम्भाव्य प्रयोग

देशसञ्चार

काठमाडौँ

डा. हीराकाजी मानन्धर

हिजो मोबाइलमा समाचार हेर्दै थिएँ, एउटा चिरपरिचित बिरुवालाई देखेँ । त्यसको नाम मैले रामपुर, चितवनमा कृषि पढ्दादेखि नै याद छ र देख्ने बित्तिकै चिन्छु पनि । त्यसबेला वीड साइन्स (झारपात विज्ञान) भनेर एउटा कोर्स लिन पर्थ्योर मलाई झारपातहरुको हर्बारियम (बिरुवाको आकार प्रकारलाई नबिगारिकन सुकाएर संरक्षित राख्ने) बनाउन मन पर्थ्यो। मैले नामसहित चिन्ने थोरै बिरुवाहरुमध्ये पर्थ्यो, त्यो ।

त्यो झार चितवनतिर चौर र बाटाका छेउछाउतिर छ्यास्छ्यास्ती देख्ने गर्छु । त्यो थियो इफोरबिया हिर्टा । तैपनि पक्का गर्न समाचारभित्र गएँ । नभन्दै त्यही रहेछ । समाचारको शिर्षक थियो – कोभिड–१९ उपचार: वैज्ञानिकहरुले कोरोना लक्षणको उपचारको लागि आस्थामा विरुवाको सिफारिस । चार हप्ताअघि अप्रिल २१, २०२० मा प्रकाशित उक्त समाचार तयार गरेका थिए न्यूज एजेन्सी अफ नाइजेरियाका चिडिन्मा इवुनोनु–अलुकोले र सम्पादन गरेका थिए ओलुयिन्का फाडारे र वाले साडिकले ।

प्रकाशित मिति: : 2020-05-20 08:02:25

प्रतिकृया दिनुहोस्