सोमबार, १५ डिसेम्बर २०२५

भर पर्न नसकिने आरडिटी किट किन किन्दैछ सरकार?

थाहा खबर

थाहा खबर

काठमाडौँ
News Image
• • •

सविना खनाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन लाख मानिसमा परीक्षण गर्न पुग्नेगरी (र्‍यापिट डाइनोस्टिक किट) आरडिटी किट किन्ने भएको छ। हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको र विश्वका कतिपय देशले समेत गुणस्तरमा प्रश्न उठाइरहेको आरडिटी किन पुन: खरिद गर्न मन्त्रालय लागिपरहेकाे छ।  थप १ लाख २५ हजार आरडिटी किट किन्न सरकारले पुनः प्रक्रिया सुरु गरिसकेकाे छ।

आरडिटीकाे नतिजा र यसकाे प्रभावप्रति पश्न उठेका बेला आरडिटी खरिदमा लागेकाे भन्दै सरकारकाे आलाेचनासमेत हुन थालेकाे छ।   हालसम्म नेपालमा झण्डै १ लाख आरडिटी किटबाट कोरोना भाइरस शंकास्पदकाे नमुना परीक्षण गरिएकाे छ।

तर यसकाे रिपाेर्टप्रति भने सरकार नै विश्वसनीय देखिँदैन। जसका कारण सरकारले पिसिआर (पाेलिमेरेज चेन रियाक्सन) विधिबाटै काेराेना परीक्षणलाई अन्तिम रुप दिइरहेकाे छ।  
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!